पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो

समाचार सारांश
- बिलावल भुट्टो जरदारीले भारतसँग विना शर्त शान्ति चाहेको बताए।
- उनले भारतले अनुसन्धान बिना नै पाकिस्तानलाई दोष दिएको आरोप लगाए।
- जरदारीले दुई देशबीचको तनाव र युद्धको सम्भावनाबारे पनि बोले।
इस्लामवाद । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी कूटनीतिक मिसनका प्रमुख बिलावल भुट्टो जरदारीले देशले भारतसँग विना शर्त शान्ति चाहेको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकार सम्मेलनको क्रममा उनले साे कुरा बताएका हुन् ।
पाकिस्तानी संसदीय प्रतिनिधिमण्डलका प्रमुख बिलावल भुट्टोले भने, ‘भारतले पहलगाम घटनाको लागि अनुसन्धान र प्रमाण बिना नै पाकिस्तानलाई दोष दियो, जबकि प्रधानमन्त्री शाहबाज शरीफले पहलगाम घटनाको अनुसन्धानमा भारतलाई मद्दत गर्ने प्रस्ताव गरेका थिए ।’
भारतले सीमा उल्लङ्घन गरेको र निर्दोष नागरिकहरूलाई निशाना बनाएको पनि उनले बताए । ‘पाकिस्तानले सबै प्रकारका आतङ्कवादको कडा निन्दा गर्दछ । हामीले आतंकवाद विरुद्धको युद्धमा भारी मूल्य चुकाएका छौँ ।’ भुट्टोले भने ।
भारत र पाकिस्तान बिच तनाव हालै कति छिटो बढेको आफूहरूले देखेको अनि दुई आणविक शक्तिहरू युद्धको संघारमा रहेको भए पनि अमेरिकाका राष्ट्रपति सहित अन्तर्राष्ट्रिय समुदायले युद्धविराममा महत्त्वपूर्ण भूमिका खेलेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
-
चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा