पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो
सारांश
- बिलावल भुट्टो जरदारीले भारतसँग विना शर्त शान्ति चाहेको बताए।
- उनले भारतले अनुसन्धान बिना नै पाकिस्तानलाई दोष दिएको आरोप लगाए।
- जरदारीले दुई देशबीचको तनाव र युद्धको सम्भावनाबारे पनि बोले।
इस्लामवाद । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी कूटनीतिक मिसनका प्रमुख बिलावल भुट्टो जरदारीले देशले भारतसँग विना शर्त शान्ति चाहेको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकार सम्मेलनको क्रममा उनले साे कुरा बताएका हुन् ।
पाकिस्तानी संसदीय प्रतिनिधिमण्डलका प्रमुख बिलावल भुट्टोले भने, ‘भारतले पहलगाम घटनाको लागि अनुसन्धान र प्रमाण बिना नै पाकिस्तानलाई दोष दियो, जबकि प्रधानमन्त्री शाहबाज शरीफले पहलगाम घटनाको अनुसन्धानमा भारतलाई मद्दत गर्ने प्रस्ताव गरेका थिए ।’
भारतले सीमा उल्लङ्घन गरेको र निर्दोष नागरिकहरूलाई निशाना बनाएको पनि उनले बताए । ‘पाकिस्तानले सबै प्रकारका आतङ्कवादको कडा निन्दा गर्दछ । हामीले आतंकवाद विरुद्धको युद्धमा भारी मूल्य चुकाएका छौँ ।’ भुट्टोले भने ।
भारत र पाकिस्तान बिच तनाव हालै कति छिटो बढेको आफूहरूले देखेको अनि दुई आणविक शक्तिहरू युद्धको संघारमा रहेको भए पनि अमेरिकाका राष्ट्रपति सहित अन्तर्राष्ट्रिय समुदायले युद्धविराममा महत्त्वपूर्ण भूमिका खेलेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण