एनसेलको ‘लिग अफ क्रिएटर्स’ सुरु : १० लाख रुपैयाँको ब्रान्ड डिल जित्ने सुनौलो अवसर
काठमाडौं । नेपालभर फैलिएका डिजिटल प्रतिभाहरूको पहिचान र सशक्तीकरण गर्ने उद्देश्यसहित एनसेलले ‘लिग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ। अपट्रेन्डलीसँगको सहकार्यमा सुरु गरिएको यो प्रतियोगिता क्रिएट, कम्पिट, कन्कर भन्ने नारासहित अघि बढाइएको हो।
प्रतियोगिताले १६ वर्षभन्दा माथिका सबै इच्छुक डिजिटल सामग्री निर्माता (क्रिएटर्स) लाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ विषयमा आधारित सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्नेछ। सहभागीहरूले ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो बनाएर इन्स्टाग्राम र टिकटक मा @Ncell ट्याग गर्दै #TeamSanjog जस्ता आफ्नो टोली ह्यासट्याग र #NcellLeagueOfCreators2025 प्रयोग गरी पोष्ट गर्नुपर्नेछ।
भिडियो पठाउने अन्तिम म्याद जेठ २७ सम्म तोकिएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई छनोट गरिनेछ। उनीहरूलाई चर्चित मेन्टरहरू — सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकार — ले प्रशिक्षण दिनेछन्। विशेष मेन्टरशिप पाएका सहभागीहरूले कार्यशालासँगै विभिन्न चुनौती चरणहरूमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
एनसेलले यो अभियानलाई सिर्जनात्मक यात्रा भन्दै भविष्यका डिजिटल प्रतिभाहरूलाई सिक्ने, बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्य लिएको बताएको छ।
“यो केवल प्रतियोगिता होइन, प्रतिभा रूपान्तरणको अभियान हो,” एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, “नेपालको डिजिटल इकोसिस्टमलाई अघि बढाउन हामी प्रतिबद्ध छौं।”
मुख्य आकर्षणहरू:
मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्नेछन्।
देशका शीर्ष डिजिटल क्रिएटर्सहरूसँग काम गर्ने अवसर।
मेन्टरशिप, कार्यशाला, नेटवर्किङ र राष्ट्रव्यापी पहिचान।
अभियानको ग्रान्ड फिनाले असार १४ मा हुने छ, जहाँ उत्कृष्ट प्रतिभालाई मनोरञ्जनात्मक समारोहबीच सम्मान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण