शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल र नेदरल्यान्डसबिचको खेल वर्षाले अवरुद्ध

बुधबार, २१ जेठ २०८२, १९ : १९
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । नेपाल र नेदरल्यान्डबिच जारी खेल वर्षाका कारण प्रभावित भएको छ । 

आईसीसी लिग डिभिजन टुअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४७ दशमलव ३ ओभर खेलेपछि पानी परेका कारण खेल स्थगित भएको हो । नेदरल्यान्डसले ७ विकेट गुमाएर २१९ रन बनाएको छ ।

सातौं ओभरको खेल सकिँदा नेपालले २५ रन मात्र खर्चेर नेदरल्यान्ड्सका दुवै ओपनरको विकेट लिएको थियो । 

नेपालले नेदरल्यान्डसका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गर्न सफल भयो । पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए भने अर्का ओपनर म्याक्स ओ डाउडलाई करन केसीले ४ रनमा आउट गराए । 

कप्तान स्कट एडवार्डस ४६ रन र विक्रमजित सिंह ३८ रनमा आउट भए । एडवार्ड ललित राजवंशीको बलिङमा रोहित पौडेलको हातबाट क्याच आउट भए भने सिंह सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट क्याच आउट भए ।  

 त्यस्तै ज्याक लियोन क्याचेट २७ र तेजा निदामनरु १३ रन बनाए । अहिले क्रजमा नोख क्रोस र रोलेफ भान डेर मेर्वे छन् । 

आज करन, सन्दीप तथा ललितले समान २/२ विकेट लिन सफल भइसकेका छन् । त्यस्तै सोमपाल कामीले पनि १ विकेट लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप