नेपाल र नेदरल्यान्डसबिचको खेल वर्षाले अवरुद्ध
काठमाडौँ । नेपाल र नेदरल्यान्डबिच जारी खेल वर्षाका कारण प्रभावित भएको छ ।
आईसीसी लिग डिभिजन टुअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४७ दशमलव ३ ओभर खेलेपछि पानी परेका कारण खेल स्थगित भएको हो । नेदरल्यान्डसले ७ विकेट गुमाएर २१९ रन बनाएको छ ।
सातौं ओभरको खेल सकिँदा नेपालले २५ रन मात्र खर्चेर नेदरल्यान्ड्सका दुवै ओपनरको विकेट लिएको थियो ।
नेपालले नेदरल्यान्डसका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गर्न सफल भयो । पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए भने अर्का ओपनर म्याक्स ओ डाउडलाई करन केसीले ४ रनमा आउट गराए ।
कप्तान स्कट एडवार्डस ४६ रन र विक्रमजित सिंह ३८ रनमा आउट भए । एडवार्ड ललित राजवंशीको बलिङमा रोहित पौडेलको हातबाट क्याच आउट भए भने सिंह सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट क्याच आउट भए ।
त्यस्तै ज्याक लियोन क्याचेट २७ र तेजा निदामनरु १३ रन बनाए । अहिले क्रजमा नोख क्रोस र रोलेफ भान डेर मेर्वे छन् ।
आज करन, सन्दीप तथा ललितले समान २/२ विकेट लिन सफल भइसकेका छन् । त्यस्तै सोमपाल कामीले पनि १ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण