नेदरल्यान्डसविरूद्ध नेपालले पायो २२६ रनको लक्ष्य
काठमाडौँ । आईसीसी लिग डिभिजन २ अन्तर्गत बुधबार नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले २२६ रनको लक्ष्य पाएको छ ।
इंग्ल्यान्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा अलआउट भयो ।
सातौं ओभरको खेल सकिँदा नेपालले २५ रन मात्र खर्चेर नेदरल्यान्ड्सका दुवै ओपनरको विकेट लिएको थियो ।
नेपालले नेदरल्यान्डसका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गर्न सफल भयो । पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए भने अर्का ओपनर म्याक्स ओ डाउडलाई करन केसीले ४ रनमा आउट गराए ।
कप्तान स्कट एडवार्डस ४६ रन र विक्रमजित सिंह ३८ रनमा आउट भए । एडवार्ड ललित राजवंशीको बलिङमा रोहित पौडेलको हातबाट क्याच आउट भए भने सिंह सन्दी लामिछानेको बलमा आरिफ शेखबाट क्याच आउट भए ।
त्यस्तै ज्याक लियोन क्याचेट २७, तेजा निदामनरु १३ तथा नोख क्रोसले रन बनाए ।
आजको खेलमा सोमपाल कामीले तीन तथा करन, सन्दीप तथा ललितले समान २/२ विकेट लिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण