शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

बुधबार, २१ जेठ २०८२, २२ : ००
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा भएको तोडफोड र तालाबन्दीको घटनाप्रति ध्यानाकर्षण जनाएको छ।
  • मन्त्रालयले विश्वविद्यालयमा भएको हिंसात्मक कार्यको निन्दा गर्दै घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।
  • शिक्षामन्त्रीले घटनाबारे अनुसन्धान गरी कानुनी कारबाहीका लागि गृह प्रशासनसँग परामर्श गरिरहेको बताइएको छ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा भएको तोडफोड तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्थामा हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्‍याउने कुनै पनि कार्य निन्दनीय र भर्त्सनायोग्य रहेको जनाए । 

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट शिक्षामन्त्री रघुजी पन्तले घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ। 

घटनाबारे अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गरिरहेको सापकोटाले बताए । जेठ १४ गते उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरिएको थियो ।

त्यसका साथै विद्यार्थी सङ्गठनहरूले उपकुलपतिसहित रेक्टर र रजिस्ट्रारको कार्यालयमा समेत तालाबन्दी गरेका छन्।

496512894_2200615770446892_6372524865633162712_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप