भारतमा मार्च १ देखि जनगणना हुने
यस पटकको जनगणनामा जातीय जनगणनापनि समावेश
बुधबार, २१ जेठ २०८२, २२ : ४०
सारांश
- भारत सरकारले मार्च १ बाट जनगणना सुरु गर्ने घोषणा गरेको छ, जसमा जातीय जनगणना पनि समावेश छ।
- लद्दाख, जम्मू कश्मीर र अन्य हिउँ परेका क्षेत्रमा भने जनगणना २०२६ अक्टोबर १ बाट सुरु हुनेछ।
- गृह मन्त्रालयले जनगणना ऐन, १९४८ अन्तर्गतको सूचना जुन १६, २०२५ मा राजपत्रमा प्रकाशित गर्ने जनाएको छ।
काठमाडौँ। भारत सरकारले जनगणनाको मिति घोषणा गरेको छ।
गृह मन्त्रालय एक सूचना जारी गर्दै माच १ तारिखबाट सुरु हुने जनगणनामा जातीय जनगणनालाई पनि समावेश गरिएको जनाएको छ ।
मार्च १ बाट जनगणना सुरु भनिएता पनि लद्दाख, जम्मू कश्मीर र हिमाचल प्रदेश र उत्तराखण्ड जस्ता हिउँले ढाकिएका क्षेत्रहरूमा जनगणना अक्टोबर १, २०२६ बाट सुरु हुने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनगणना ऐन, १९४८ को धारा ३ अन्तर्गत जनगणनाको सूचना जुन १६, २०२५ मा आधिकारिक राजपत्रमा जारी गरिने बताएको छ।
भारतमा १९३१ देखि जातीय जनगणना भएको छैन। यद्यपि, दलित र जनजातिको गणना १९५१ बाट सुरु भएको थियो।
सन् २०११ मा, सरकारले सामाजिक–आर्थिक स्थितिको आधारमा जातीय जनगणना गरे तापनि यसको तथ्याङ्क जारी गरिएको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण