‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
बिहीबार, २२ जेठ २०८२, ०० : ३६
सारांश
- भारतीय कांग्रेस नेता पवन खेडाले नेपाल चीनसँग नजिकिएको आरोप लगाए।
- नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारत सरकारको नीतिको आलोचना गरे।
- खेडाले नेपालमा भारत विरोधी भावना बढेको र चीनसँगको सम्बन्ध बढेको बताए।
काठमाडौँ। भारतीय कांग्रेस नेता पवन खेडाले नेपाल चीनसँग नजिक हुँदै गइरहेको दाबी गरेका छन् ।
नेता खेडाले नयाँ दिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय केन्द्र सरकारलाई लक्षित गर्दै यस्तो दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेता खेडाले भने, ‘१० वर्षअघि नेपालमा भारत विरोधी भावना थिएन। नेपालमा यति ठूलो भूकम्प गयो, त्यसपछि भारतले त्यहाँ धेरै सहयोग गर्यो, तर आज नेपाल चीनको नजिक आएको छ। यदि यो आत्मसमर्पण नीति होइन भने के हो रु’
पाकिस्तान र अन्य देशहरूसँगको सहकार्यमा चीनले निर्माण गरिरहेको कोरिडोरको बारेमा कुरा गर्दै उनले भने, तपाईँ (केन्द्रीय सरकार) के गर्न सक्नुहुन्छ रु यदि तपाईँ ऋण रोक्न सक्नुहुन्छ भने भन्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण