शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा

बिहीबार, २२ जेठ २०८२, ०० : ३६
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • भारतीय कांग्रेस नेता पवन खेडाले नेपाल चीनसँग नजिकिएको आरोप लगाए।
  • नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारत सरकारको नीतिको आलोचना गरे।
  • खेडाले नेपालमा भारत विरोधी भावना बढेको र चीनसँगको सम्बन्ध बढेको बताए।

काठमाडौँ। भारतीय कांग्रेस नेता पवन खेडाले नेपाल चीनसँग नजिक हुँदै गइरहेको दाबी गरेका छन् ।

नेता खेडाले नयाँ दिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय केन्द्र सरकारलाई लक्षित गर्दै यस्तो दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेता खेडाले भने, ‘१० वर्षअघि नेपालमा भारत विरोधी भावना थिएन। नेपालमा यति ठूलो भूकम्प गयो, त्यसपछि भारतले त्यहाँ धेरै सहयोग गर्‍यो, तर आज नेपाल चीनको नजिक आएको छ। यदि यो आत्मसमर्पण नीति होइन भने के हो रु’

पाकिस्तान र अन्य देशहरूसँगको सहकार्यमा चीनले निर्माण गरिरहेको कोरिडोरको बारेमा कुरा गर्दै उनले भने, तपाईँ (केन्द्रीय सरकार) के गर्न सक्नुहुन्छ रु यदि तपाईँ ऋण रोक्न सक्नुहुन्छ भने भन्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप