‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
सारांश
- जनरल अनिल चौहानले पहलगाम आक्रमणपछि भारतले गरेको कारबाही 'अपरेसन सिन्दूर'बारे खुलासा गर्दै पाकिस्तानलाई ५ मिनेटमै जानकारी गराएको बताए।
- उनले मे ७ मा राति १ देखि १ः३० बजेको बीचमा आक्रमण गरेको र पाकिस्तानलाई अपरेसन सकिएको ५ मिनेटमै जानकारी गराएको उल्लेख गरे।
- जनरल चौहानले आतंककारी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गरिएको र सर्वसाधारणलाई कुनै क्षति नपुर्याइएको बताए।
काठमाडौँ। भारतका रक्षा प्रमुख जनरल अनिल चौहानले पहलगाम आक्रमणपछि भारतले गरेको कारबाही ‘अपरेसन सिन्दूर’ को विषयमा नयाँ खुलासा गरेका छन् ।
उनले भारतले पाकिस्तान माथि गत ७ मा गरेको कारबाहीको ५ मिनेट भित्रै पाकिस्तानलाई जानकारी गराएको बताएका छन् ।
मङ्गलवार सावित्रीबाई फुले विश्वविद्यालय पुणेमा ‘भविष्यका युद्ध र युद्ध विषयक लेक्चरमा जनरल चौहानले भने, ‘हामीले आक्रमण गरेको दिन (७ मे) पाकिस्तानलाई यसबारे जानकारी गराएका थियौँ। हामीले रातको १ देखि १ः३० को बीचमा आक्रमण गर्यौं। हामीले पाकिस्तानलाई अपरेसन सकिएको पाँच मिनेटमा आक्रमण गरेको बताएका थियौँ।’
जनरल चौहानले भने, ‘हामीले पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकलाई भनेका थियौँ कि हाम्रो आक्रमण केवल आतङ्कवादी लुक्ने ठाउँहरूमा थियो। सैन्य लुक्ने ठाउँहरू यसमा समावेश छैनन्। साथै, हामीले कुनै अतिरिक्त क्षति नहोस् भन्ने कुरा सुनिश्चित गरेका छौँ, विशेष गरी सर्वसाधारणलाई।’
कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा रहेका ‘आतङ्कवादी अड्डाहरू’ मा आक्रमण गर्न अपरेसन सिन्दूर’ सुरु गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण