नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त
काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जानकारी दिए ।
उनको कार्यकाल ज्ञवाली गत चैतदेखि बैंकमा निमित्त सीईओको रूपमा कार्यरत थिए । त्यसअघि ज्ञवाली गत पुस बैंकमा वरिष्ठ डेपुटी सीईओमा नियुक्ति भएका थिए । उनी २०७७ साउनमा बैंकमा डेपुटी जनरल म्यानेजरको रूपमा प्रवेश गरेका थिए । बीचमा बढुवा हुँदै उनी महाप्रबन्धक (डेपुटी सीईओ) बनेका थिए ।
दैलेख स्थायी घर भएका ४८ वर्षीय ज्ञवालीसँग अढाइ दशकको बैंकिङ र चार्टर्ड अकाउन्टेन्सी क्षेत्रको अनुभव छ । त्यसमध्ये करिब पाँच वर्ष उनले नेपाल राष्ट्र बैंकमा काम गरेका छन्। सात वर्ष ग्लोबल आइएमई बैंक रहेका उनी नबिलमा आउनुअघि ज्योति विकास बैंकको सीईओ थिए । ग्लोबल आईएमई बैंकमा रहँदा उनले ग्लोबल आइएमई क्यापिटलमा सञ्चालक तथा प्रबन्ध सञ्चालकको रूपमा समेत काम थरेका थिए ।
ज्ञवालीले भारतको द इन्स्टिट्युट अफ चार्टड अकाउन्टेन्सबाट सीए पास गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण