शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

टीभीकी चर्चित 'बुहारी'ले गरिन् गुपचुप बिहे, छक्क परे फ्यानहरू

बिहीबार, २२ जेठ २०८२, १७ : १७
बिहीबार, २२ जेठ २०८२

नयाँ दिल्ली । टीभीकी चर्चित 'बुहारी' हिना खानले बिहे गरेकी छिन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा बिहेको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले गुपचुप तरिकाले बिहे गरेपछि उनका फ्यानहरू पनि छक्क परेका छन् ।

हिनाले लामो समयदेखि प्रेमीका रूपमा रहेका रकी जैसवालसँग बिहे गरेकी हुन् । अभिनेत्रीले सेयर गरेको तस्बिरमा दुवैले एउटा कागजमा हस्ताक्षर गरिरहेको देख्न सकिन्छ । ओलिभ ग्रीन कलरको साडी लगाएकी हिनाले टाउकोमा पेस्टल पिङ्क रंगको दुपट्टा राखेकी छिन् । बेहुला रकीले भने आइभरी शेरवानी लगाएका थिए । 

‘दुई फरक फरक संसारबाट आएर हामीले मायाको एउटा सुन्दर संसार बसाल्यौँ । हामीबिचको भिन्नता मेटियो, मुटु एक भयो र यस्तो सम्बन्ध बन्यो जुन कैयौं जन्मसम्म चल्नेछ,’ पेपर म्यारिजको फोटोहरू सेयर गर्दै हिनाले क्याप्सनमा लेखेकी छिन्, ‘हामी नै एक अर्काका घर हौं, एक अर्काका प्रकाश र आशा हौं, र साथ मिलेर हामी हरेक पर्खाल पार गर्नेछौँ । आज हाम्रो सम्बन्ध माया र कानुन दुवैतर्फ सधैँका लागि जोडिएको छ ।’

हिना र रकीले एकअर्कालाई १० वर्षदेखि डेट गरिरहेका थिए । खुसी र अप्ठ्यारो हरेक क्षणमा दुवैले एक अर्कालाई प्रायः साथ दिए । केहीअघि हिनालाई क्यान्सर भएको थियो । यस अप्ठ्यारो घडीमा रकीले हिनाको निकै साथ दिएका थिए । अस्पतालमा उनको हेरचाहसमेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप