टीभीकी चर्चित 'बुहारी'ले गरिन् गुपचुप बिहे, छक्क परे फ्यानहरू
नयाँ दिल्ली । टीभीकी चर्चित 'बुहारी' हिना खानले बिहे गरेकी छिन् ।
अभिनेत्रीले सामाजिक सञ्जालमा बिहेको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले गुपचुप तरिकाले बिहे गरेपछि उनका फ्यानहरू पनि छक्क परेका छन् ।
हिनाले लामो समयदेखि प्रेमीका रूपमा रहेका रकी जैसवालसँग बिहे गरेकी हुन् । अभिनेत्रीले सेयर गरेको तस्बिरमा दुवैले एउटा कागजमा हस्ताक्षर गरिरहेको देख्न सकिन्छ । ओलिभ ग्रीन कलरको साडी लगाएकी हिनाले टाउकोमा पेस्टल पिङ्क रंगको दुपट्टा राखेकी छिन् । बेहुला रकीले भने आइभरी शेरवानी लगाएका थिए ।
‘दुई फरक फरक संसारबाट आएर हामीले मायाको एउटा सुन्दर संसार बसाल्यौँ । हामीबिचको भिन्नता मेटियो, मुटु एक भयो र यस्तो सम्बन्ध बन्यो जुन कैयौं जन्मसम्म चल्नेछ,’ पेपर म्यारिजको फोटोहरू सेयर गर्दै हिनाले क्याप्सनमा लेखेकी छिन्, ‘हामी नै एक अर्काका घर हौं, एक अर्काका प्रकाश र आशा हौं, र साथ मिलेर हामी हरेक पर्खाल पार गर्नेछौँ । आज हाम्रो सम्बन्ध माया र कानुन दुवैतर्फ सधैँका लागि जोडिएको छ ।’
हिना र रकीले एकअर्कालाई १० वर्षदेखि डेट गरिरहेका थिए । खुसी र अप्ठ्यारो हरेक क्षणमा दुवैले एक अर्कालाई प्रायः साथ दिए । केहीअघि हिनालाई क्यान्सर भएको थियो । यस अप्ठ्यारो घडीमा रकीले हिनाको निकै साथ दिएका थिए । अस्पतालमा उनको हेरचाहसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण