शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो : शेर बहादुर देउवा

बिहीबार, २२ जेठ २०८२, २० : २२
बिहीबार, २२ जेठ २०८२

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।

जनकपुरधामस्थित विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने,“राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”  

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमतिअनुसार कार्य गरिरहेको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए । 

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी  निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे । 

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुगाको आज धनुषाधाममा आयोजित ६२औँ स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा जनकपुरधाम आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप