वाईसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनमा जुटेन सहमति, शुक्रबार निर्वाचन हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को नेतृत्वका लागि बिहीबार दिनभर भएको प्रयास असफल भएको छ । सहमतिमा नेतृत्व छान्ने प्रयास असफल भएसँगै अन्तत: निर्वाचनबाट नेतृत्व छनोट गरिने भएको छ ।
यद्यपि सहमतिबाट नेतृत्व छान्ने प्रयास जारी रहेको निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए । सहमति भए पनि वा नभए पनि निर्वाचन समितिले भोलि(शुक्रबार)बाट आफ्नो प्रक्रिया थाल्ने उनले बताए ।
’नेतृत्वको विषयमा सहमति जुटेको छैन । भोलिबाट निर्वाचन समितिले आफ्नो प्रक्रिया अगाडि बढाउँछ । सहमतिबाट नेतृत्व छान्न पार्टीले निर्णय गरिसकेकाले भोलि ८ बजेसम्म सहमतिको प्रयास जारी रहन्छ । भएन भने जुन जुन पदमा सहमति हुन्छ, छानिन्छ । सहमति नभएकोमा निर्वाचन हुन्छ’, शेर्पालीले भने ।
उनका अनुसार चाबहेलको गोल्डेन दरबारमा निर्वाचन हुनेछ । बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नेतृत्व छन्न सङ्गठनको इन्चार्ज र अध्यक्षलाई जिम्मा दिने निर्णय गरेको थियो ।
पार्टीको सहायक सङ्गठन मानिएको वाईसीएलको भावी अध्यक्षका लागि पुष्प ओली, केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी लगायत छन् । तर नेताहरूको आ–आफ्ना स्वार्थका कारण नेतृत्व छनोट प्रक्रिया पेचिलो बनेको हो ।
जेठ १८ गते कमलादीमा सुरू भएको तेस्रो राष्ट्रिय सम्मेलन तीन दिन लम्बिएको छ ।
यस्तो छ निर्वाचन कार्यपालिका
शुक्रवार बिहान ८ बजेदेखि ८ः१५ सम्म उम्मेदवारी दरखास्त आव्हान, ८ः१५ देखि ९ बिहान ९ः३० सम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ भने ९: ४५ देखि उम्मेदवारको विरुद्धमा दाबी, विरोध, उजुरी आव्हान र उजुरी उपर छानबिन गरी बिहान ११ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, बिहान ११ बजेदेखि दिउँसाे १२ः १० सम्म उम्मेदवारी फिर्ताका लागि समय दिइने र दिउँसो १२ः २० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समितिका अध्यक्ष डा.जगत कृष्ण पोखरेलले जनाएका छन् ।
मतदानको समय भने तोकिएको छैन । तत्कालीन अवस्था अनुसार मतदानको समय निर्धारण गरिने अध्यक्ष पोखरेलले जारी गरेको निर्वाचन कार्य तालिकामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला