फ्राईडे रिलिज : हलमा लागेँ ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’
काठमाडौँ । आज शुक्रबारबाट एक हिन्दी सहित २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’ ।
देशभर एकसाथ रिलिज भएका ‘जन्ते बाख्रो’ नेपाली फिल्म हो, भने ‘हाउसफुल ५’ हिन्दी फिल्म हो । यद्यपि देशभरका फिल्म हल यी फिल्मले मात्र पाएको छैन । किनभने यसअघि रिलिज भएका ‘नरसिंहा अवतार’, ‘उनको स्वीटर’ लगायतका फिल्मले अझै धेरै स्टेसन कब्जा जमाएर बसेको छ ।
जन्ते बाख्रो :
सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको फिल्म ‘जन्ते बाख्रो’ विवाह संस्कृति माथि बनेको हो । गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी–दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले फिल्ममा प्रस्तुत गरिएको छ ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । फिल्मको केही दिन अगाडि प्रिमिएर भएको थियो । प्रिमिएरमा फिल्मले तारिफ पाएको थियो ।
हाउसफुल ५
दुई क्लाइमेक्ससहित रिलिज भएको यो ‘हाउसफुल ५’को पाँचौँ सिक्वेल हो । अभिषेक बच्चन, ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फाखरी, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जोनी लिभर, श्रेयस तलपडे, डिनो मोरिया, रञ्जित, सौन्दर्या शर्मा, निकितिन धीरको अभिनय रहेको फिल्म लाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् ।
६९ अर्ब पाउण्डका मालिक रञ्जित दोबरियाले आफ्नो सम्पतीको हकदार हकदार जोली नामक आफ्ना बच्चा रहेको बताएपछि जोडीको रुपमा भित्रिने अनेक पात्र र उनीहरूको उतारचढावमा फिल्मको कथा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण