अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरू बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया सुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताए ।
उनले सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनको भनाइ छ । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । यस विषयमा विपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनले बताए ।
मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हनु नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण