टिजरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
सारांश
- चलचित्र 'यो मन त मेरो नेपाली हो' को टिजर सार्वजनिक भयो। यसले नेपाली भाषा, साहित्य, कला, र नेपाली पहिचानको विषयवस्तुलाई उजागर गर्छ।
- चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ, र यो असार २७ गते रिलिज हुँदैछ।
- मित्र प्रधानको प्रस्तुति र ज्ञानबहादुर प्रधानको निर्माण रहेको चलचित्रको छायाङ्कन झापा, इलाम, सिक्किम, दार्जिलिङ, जयगाउ र अमेरिकामा गरिएको छ।
काठमाडौँ । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिएको छ ।
आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय छ ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सो चलचित्रलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन,
सौरभ लामाको छायाङ्कन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ । दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा सङ्गीत छ ।
चलचित्रको छायाङ्कन झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण