२८ दिनमा सकियो ‘मन बिनाको धन’ को सुटिङ
काठमाडौँ । टङ्क बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको सुटिङ २८ दिनमा सकिएको हो ।
फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायाङ्कन गर्दै इन्डकल्याप गरिएको हो । फिल्मको काठमाडौँको अलवा, मुस्ताङ, पोखरा लगायतमा छायाङ्कन भएको छ । निर्देशक बुढाथोकीले फिल्म तिहारको समयमा रिलिज गर्ने तयारी भएको बताए ।
फिल्ममा अशोकको अलवा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टङ्क बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् । फिल्मका निर्माता विष्णुमाया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।
यस्तै जी.पी सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सह निर्माताको रूपमा रहेका छन् । फिल्ममा टङ्क बुढाथोकी संगीत, सौरभ लामा र नवराज उप्रेतीको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण