आमा बनिन् अभिनेत्री रुविना थापा
शुक्रबार, २३ जेठ २०८२, १७ : ४१
काठमाडौंँ । अभिनेत्री तथा मोडल रुविना थापा आमा बनेकी छन् । उनले बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
छोरीलाई काखमा लिएको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै उनले यो खुसीसबै माझ साटेकी छन् । उनले छोरीको नाम ‘जून’ राखेको पनि जनाएकी छन् ।
फिल्ममा डेब्यु गर्नुभन्दा अगाडि नै विक्रान्त श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनले ३ वर्षयता फिल्ममा काम गरेकी छैनन् ।
उनले अभिनय गरेको पछिल्लो फिल्म ‘म’ सन् २०२२ मा रिलिज भएको थियो । उनी फिल्म ‘डाँडाको वर पीपल’मा अभिनेता सलोन बस्नेतको जोडी भएर काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण