समाजमा मानवता हराउँदै गएको छ : मेयर लामा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले पछिल्लो समय समाजमा मानवता हराउँदै गएको बताएकी छिन् । उनले देश र समाजप्रति हेर्न दृष्टिकोण नकारात्मक बनिरहेको बताएकी हुन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना एवम् हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार भएको सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसर विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर लामाले नकारात्मकताका कारण हाल व्यवस्था र संविधान असफल हुने अवस्थामा पुगेको बताइन् । सकारात्मक समाज निर्माणमा आम सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
नेताहरूको भिजनलाई तल्लो तहसम्म लैजाने पत्रकारहरूको भूमिका उल्लेख्य रहने भएकाले त्यसतर्फ अग्रसर हुन जरुरी रहेको उनले औँल्याइन् । समाजलाई सुसूचित गरेर नेतृत्वमा बसेकाहरूलाई जवाफदेहिता बनाउने गरी सञ्चारकर्मीहरूले कलम चलाउनुपर्नेमा उनले जोडदिइन् । हीनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न नसक्ने उनको टिप्पणी छ ।
कार्यक्रममा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यलाई जवाफदेही बनाउनुपर्ने बताए । तीन वटै तहको सरकारले कानुन मार्फत प्रेसलाई नियन्त्रण गर्न खोजेको आभास हुन थालेको उनको भनाई छ ।
त्यसैगरी पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत रुपमा पत्रकारिता गर्ने सञ्चारमाध्यम संकटमा परिरहेको बताए ।
कार्यक्रममा सञ्चार रजिस्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चुनौती र यसका सकारात्मक पक्षहरू विषयमा प्रस्तुतीकरण गरेका थिए भने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईँ, पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, पत्रकार महासंघका पूर्व अध्यक्षहरू, विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण