क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जुन १५ देखि १७ सम्म क्यानडामा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।
- प्रधानमन्त्री मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगको कुराकानीमा शिखर सम्मेलनको निम्तो पाएको बताए।
- यसअघि मोदीलाई सम्मेलनमा नबोलाइएको विषयले चर्चा पाएको थियो, जसलाई कूटनीतिक गल्ती मानिएको थियो।
काठमाडौँ । जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुने जी –७ ( सात राष्ट्रहरुको समूह) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन्।
शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै मोदीले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शिखर सम्मेलनमा आफूलाई निमन्त्रणा गरेको जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग फोनमा कुरा गर्न पाउँदा खुशी लाग्यो। हालैको चुनावमा उनको जितको लागि बधाई दिएँ र यस महिनाको अन्त्यमा कानानास्किसमा हुने जी–७ शिखर सम्मेलनमा मलाई आमन्त्रित गरेकोमा धन्यवाद दिएँ।’ ‘शिखर सम्मेलनमा हाम्रो भेटघाटको प्रतीक्षामा छु’, मोदीले सञ्जालमा लेखेका छन् ।
यसअघि भारतीय प्रधानमन्त्रीलाई सम्मेलनमा आमन्त्रण नगरिएको विषयले चर्चा पाएको थियो । कांग्रेस नेता जयराम रमेशले जुन ३ मा सामाजिक सञ्जाल ‘एक्स’ एक पोस्ट गर्दै भारतीय प्रधानमन्त्रीलाई नबोलाइएकोमा यो ठुलो कूटनीतिक गल्ती भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण