सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
आइतबार नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा.प्र.०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राजकुमार पौडेलको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
उता कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरूवास्थित सडकमा सु.प.प्र.०१–००१ ह ५१४८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार अटो चालकको नाती १० महिनाको आयुष साउँदको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र ०१–०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै गुल्मीको सत्यवती गाउँपालिका–२ पहादीस्थित सडकमा बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया जमुना पाण्डेको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
रोकीराखेको जेसिबि शनिबार दिउँसो आफै गुड्न गई उक्त दुर्घटना भएको थियो । प्रहरीले हाल फरार जेसिबि चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण