४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

समाचार सारांश
- अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४३ कम्पनीलाई ५ अर्बभन्दा बढी राजस्व छुट दिइएको छ।
- नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा बढी १ अर्ब ८७ करोड रुपैयाँको भन्सार छुट पाएको छ, जसमा नेपाली सेना र राष्ट्रिय विपद् प्राधिकरण पनि छन्।
- छुट पाउने अन्य कम्पनीहरूमा चीनको झियाङसू इन्टरनेशनल, घोराही मेडिचपुर, सिनो हाइड्रो, र पुरातत्व विभाग लगायत छन्।
काठमाडाैँ । सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि छ । प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ । त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन् ।
त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएका छन् ।
त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन् ।
धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले समेत २३ हजार रुपैयाँ राजश्व छुट प्राप्त गरेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
-
मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री
-
कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ
-
विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे प्रधानमन्त्री ओलीले के भने ?