४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
सारांश
- अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४३ कम्पनीलाई ५ अर्बभन्दा बढी राजस्व छुट दिइएको छ।
- नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा बढी १ अर्ब ८७ करोड रुपैयाँको भन्सार छुट पाएको छ, जसमा नेपाली सेना र राष्ट्रिय विपद् प्राधिकरण पनि छन्।
- छुट पाउने अन्य कम्पनीहरूमा चीनको झियाङसू इन्टरनेशनल, घोराही मेडिचपुर, सिनो हाइड्रो, र पुरातत्व विभाग लगायत छन्।
काठमाडाैँ । सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि छ । प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ । त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन् ।
त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएका छन् ।
त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन् ।
धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले समेत २३ हजार रुपैयाँ राजश्व छुट प्राप्त गरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण