संसद्को गतिरोध : कांग्रेस र माओवादी नेताहरूको बैठकमा पनि जुटेन सहमति
सारांश
- प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीचको छलफल विना निष्कर्ष टुंगियो।
- माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राखेको छ, जसमा कांग्रेस सहमत भएन।
- कांग्रेस नेताहरूले भने बैठक सकारात्मक रहेको र थप छलफल जारी रहने बताएका छन्।
काठमाडौँ । प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि भएकाे नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरूबिचको छलफल विना निष्कर्ष सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे छलफल भएको थियो ।
छलफलमा आफूहरूको अडानमा कुनै सहमति नभएको माओवादी प्रमुख सचेतक पाण्डेले जानकारी दिए । ‘दुई दलका नेताहरूबिचको बैठकमा कुनै सहमति भएन । भिजिट भिसामा सेटिङको विषयमा छानबिन समिति बनाउने हाम्रो माग यथावत् छ । उहाँहरू समिति बनाउन सहमत भइसक्नु भएको छैन,’ प्रमुख सचेतक पाण्डेले रातोपाटीसँग भने ।
कांग्रेस नेता कार्कीले सहमति जुटिनसकेको तर बैठक सकारात्मक रहेको बताए । ‘सहमति भइसकेको छैन । तर छलफल सकारात्मक भएको छ । हामी अझै छलफलमै छौँ,’ कार्कीले रातोपाटीसँग भने । कार्कीले फेरि प्रमुख सचेतकहरूबिच संसद्को गतिरोध हटाउने विषयमा कुराकानी भइरहेको जानकारी दिए ।
संसद्को गतिरोध हटाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको थियो । छलफलमा पनि दुई पक्ष आ–आफ्ना अडानमा यथावत् रहेपछि सहमति हुन सकेको थिएन ।
त्यसअघि शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरू खड्का, कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएको थियो । भिजिट भिसा प्रकरणमा माओवादी लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै आएका छन् ।
सत्तापक्षले मने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले समानान्तर रूपमा अर्को आयोग वा समिति बनाउन नहुने भन्दै प्रतिपक्षीहरूको माग इन्कार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण