कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे
सारांश
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी डाइभर्सनको विरोध गर्दै गण्डकी प्रदेशको समर्थन नरहने बताए।
- उनले डाइभर्सन लुम्बिनी प्रदेशलाई मात्रै फाइदा पुग्ने योजना भएको र गण्डकी सरकारले यसमा सहयोग नगर्ने स्पष्ट पारे।
- संघीय सरकारले कालीगण्डकीको पानी लुम्बिनी प्रदेशमा लैजाने तयारी गरेको छ, जसको प्रारम्भिक कामहरू सुरु भइसकेका छन्।
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् ।
आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै उनले कुनै एक प्रदेशलाई मात्रै फाइदा पुग्ने गरी भएको डाइभर्सनमा गण्डकीको समर्थन नरहने घोषणा रोष्ट्रमबाटै गरेका हुन् ।
‘सरकार प्रस्ट छ, यसबारे । गण्डकी प्रदेश सरकार कालीगण्डकीको पानी डाइभर्सन गरे लुम्बिनी प्रदेशलाई मात्रै उपयोग गर्ने भनेर आएको छ,’ उनले भने, ‘गण्डकी सरकार त्यसमा सहकार्य गर्न सक्दैन, सहयोग गर्न सक्दैन ।’
उनले आफू उत्तेजनामा नभई सुझबुझ ढंगबाट समस्या समाधानमा लाग्ने बताए । ‘म उत्तेजनामा आएर बोल्न चाहन्नँ । म पनि एउटा सरकार प्रमुख हो । एउटा सरकार संघीय सरकारले ल्याएको योजनामा कहाँनिर ट्याकल गर्नुपर्छ भन्ने प्रस्ट छौं,’ अघि भने, ‘तर उत्तेजनामा ल्याएर मात्रै यो समस्याको समाधान हुँदैन । सरकारको अडान प्रस्ट छ ।’
संघ सरकारले कालिगण्डकीको पानी पिपलडालीमा बाँध बाँधेर लुम्बिनी प्रदेशमा लैजाने तयारी गरेको छ ।
सोही अनुसार प्रारम्भिक चरणका काम सुरु भैसकेका छन् । पानी डाइभर्सन मार्फत विजुली र सिंचाई गर्ने सरकारी योजना छ । डाइभर्सनको कार्यालय समेत यसअघि नै बुटवलमा खुलिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण