लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने
नवलपरासी । लुम्बिनी प्रदेशस्तरीय दोस्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडेमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको सहयोग आगामी जेठ २९ गतेदेखि भुमहिमा हुने लागेको हो ।
प्रदेश सरकारको सहयोगमा आयोजना हुने प्रतियोगितामा टोलीगत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम टोलीलाई ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र, दोस्रोलाई सिल्भर मेडल र प्रमाणपत्र तथा तेस्रोलाई कांस्य मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष टपन केवटले बताए । त्यसैगरी उत्कृष्ट क्यारुगी खेलाडी तथा अनुशासित खेलाडीलाई विशेष आकर्षक पुरस्कारसमेत प्रदान गरिने छ ।
भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहमा पुरुष तथा महिला गरी ४ सय बढी खेलाडी सहभागी हुने क्लबका उपाध्यक्ष विशाल पौडेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण