आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने

आइतबार, २५ जेठ २०८२, १७ : ३३
आइतबार, २५ जेठ २०८२

नवलपरासी । लुम्बिनी प्रदेशस्तरीय दोस्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडेमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको सहयोग आगामी जेठ २९ गतेदेखि भुमहिमा हुने लागेको हो ।

प्रदेश सरकारको सहयोगमा आयोजना हुने प्रतियोगितामा टोलीगत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम टोलीलाई ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र, दोस्रोलाई सिल्भर मेडल र प्रमाणपत्र तथा तेस्रोलाई कांस्य मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष टपन केवटले बताए । त्यसैगरी उत्कृष्ट क्यारुगी खेलाडी तथा अनुशासित खेलाडीलाई विशेष आकर्षक पुरस्कारसमेत प्रदान गरिने छ ।

भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहमा पुरुष तथा महिला गरी ४ सय बढी खेलाडी सहभागी हुने क्लबका उपाध्यक्ष विशाल पौडेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप