चलचित्र ‘द ब्लु लाइट’को पाेस्टर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलाे तस्बिर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार चलचित्रको एक पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा बेनिशा हमाल देखिएकी छिन् । उनलाई बारमा देखाइएको छ । औँलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिन्छिन् । पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडि रक्सीको कप र औँलाको चुरोटले उनी बार गर्ल रहेको सङ्केत गर्छ ।
बेनिशाको रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माण पक्षले जनाएको छ । पोस्टरले कतै यो सिनेमाले काठमाडौँको रङ्गिन नाइट लाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने सङ्केत गरेको छ । तर, प्रस्ट छैन ।
गत बिहीबारदेखि छायाङ्कन सुरु भएको चलचित्रले छायाङ्कन र प्रचार सँगसँगै गरिरहेको छ ।काठमाडौँ उपत्यकामै छायाङ्कन भइरहेको चलचित्रका निर्देशक बलिराम चौहान हुन् ।
चलचित्रमा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बालकलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्मा देखिनेछन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्न लागेको हो । चलचित्रको कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । चलचित्र २०२५ भित्रै रिलिज हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण