एम्बाप्पे चम्किँदा तेस्रो स्थानको प्ले–अफमा फ्रान्सले जर्मनीलाई हरायो
काठमाडाैँ । किलियन एम्बाप्पेले आफ्नो ५०औं अन्तर्राष्ट्रिय गोल गर्दै फ्रान्सलाई नेसन्स लिग आयोजक जर्मनीविरुद्ध तेस्रो स्थानको प्ले–अफमा जित दिलाएका छन्। आइतबार भएको खेलमा फ्रान्स २–० ले विजयी बनेको हो ।
रियल मड्रिडका सहकर्मी अरेलिएन टुआमेनीको पासबाट कप्तान एम्बाप्पेले पहिलो हाफको ४५औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलको खाता खोले। खेल सकिन ६ मिनेट बाँकी रहँदा एम्बाप्पेले दोस्रो गोलको अवसर सिर्जना गरे । उनले रबिन कोचको गल्तीको फाइदा उठाउँदै बल नियन्त्रणमा लिए र निःस्वार्थ रूपमा माइकल ओलिसलाई पास दिए, जसले खाली पोस्टमा सजिलै गोल गरे।
जर्मनीले पनि केहि अवसरहरू पाएको थियो, तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले दुईवटा महत्वपूर्ण निर्णय उल्ट्यायो। पहिलोपटक करिम अदेयेमीलाई फ्रान्सका गोलकिपर माइक मिग्ननले लडाएका थिए, जसको आधारमा पेनाल्टी दिइएको थियो। तर भीएआर जाँचपछि अदेयेमीलाई ’डाइभिङ’ गरेको ठहर गर्दै पहेँलो कार्ड देखाइयो।
त्यसपछि डेनिज उन्डावले गरेको गोल पनि अमान्य गरियो । निक्लास फुलक्रगले गोलको पूर्वतयारीमा एड्रियन राबिओलाई फल गरेको भीएआरको ठहर थियो।अदेयेमीका तीन प्रहारहरू मिग्ननले उत्कृष्ट रूपमा बचाए। फ्लोरियन वृट्र्जको प्रहार भने पोस्टमा लागेर बाहिरियो।
त्यस्तै फ्रान्सले पनि आफ्नो गोल संख्या थप्न सक्ने थुप्रै मौका पाएको थियो। मार्कस थुरामको प्रहार पोस्टमा लाग्यो, जबकि एम्बाप्पेले केही प्रहार बाहिर हाने भने एक प्रहारमा मार्क–आन्द्रे टेर स्टेगनले उत्कृष्ट बचाउ गरे।
जुलियन नागेल्सम्यानको नेतृत्वमा रहेको जर्मनीले तीन खेलमा जित निकाल्न सकेको छैन, जसमा बुधबारको सेमिफाइनलमा पोर्चुगलसँगको हार पनि सामेल छ।
फ्रान्सलाई ५–४ ले हराउँदै फाइनलमा पुगेको स्पेन र पोर्चुगलबिचको फाइनल आज राति म्युनिखमा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण