सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
डिपोर्ट

अमेरिकाले ओम्नि एयरको चार्टर्ड विमानबाट पठायो ३७ नेपालीलाई

आइतबार, २५ जेठ २०८२, २१ : ५७
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गरी नेपाल फर्कायो, जसमा ३२ पुरुष र ५ महिला थिए।
  • उनीहरू ओम्नि एयर इन्टरनेशनलबाट त्रिभुवन विमानस्थलमा आइपुगेका थिए, एरिजोना र हवाई हुँदै ढाका ट्रान्जिटमार्फत यात्रा गरे।
  • प्रहरीको मानव बेचबिखन ब्युरोले सोधपुछ गर्दा अधिकांशले जानकारी दिन मानेनन्, गिरोह र अमेरिका जाने बाटोबारे अनुसन्धान भइरहेको छ।

काठमाडौँ । अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाएको छ । ३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् । 

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेर उनीहरूलाई पठाउने गिरोह र अमेरिका गएको रुटबारे जानकारी लिने प्रयास गरेको छ । तर, अधिकांशले विवरण दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप