युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
सारांश
- रुसले पहिलो पटक युक्रेनको ड्निप्रोपेट्रोभ्स्कमा प्रवेश गरेको दाबी गरेको छ।
- रुसी सेना डोनेत्स्क क्षेत्र पार गर्दै ड्निप्रोपेट्रोभ्स्क पुगेको बताइएको छ, जसले युक्रेनी सेनालाई थप दबाब दिने देखिन्छ।
- युक्रेनले भने रुसी सेनाको प्रवेशलाई अस्वीकार गरेको छ र यस दाबीको पुष्टि हुन बाँकी छ।
मस्को । रुसले पहिलोपटक युक्रेनको मध्य क्षेत्र ड्निप्रोपेट्रोभ्स्कमा प्रवेश गरेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाको ९०औँ ट्यांक डिभिजनका उप( इकाईहरू डोनेत्स्क क्षेत्रको सीमा पार गरेर ड्निप्रोपेट्रोभ्स्क पुगेका हुन्।
डोनेत्स्कको ठूलो हिस्सा पहिले नै रुसी कब्जामा छ। उनीहरूले ड्निप्रोपेट्रोभ्स्कमा प्रवेश जारी राखेको मन्त्रालयले दाबी गरेको छ । आइतबार गरिएको यो दाबी अनुसार, मास्कोले महिनौँदेखि यसका लागि प्रयास गरिरहेको थियो। ड्निप्रोपेट्रोभ्स्क क्षेत्रतर्फको यो प्रवेशले पहिले नै थकित अवस्थामा युक्रेनी सेनालाई थप समस्यामा पार्न सक्ने बताइएको छ।
यद्यपि यो आक्रमणको वास्तविक दायरा र मास्कोको उद्देश्य अझ स्पष्ट छैन। युक्रेनले भने रुसी सेना अगाडि बढेको कुरा अस्वीकार गरेको छ।
उक्त क्षेत्रमा जिम्मेवारी पाएका युक्रेनी खोर्तिसिया सेनाका प्रवक्ता भिक्टर त्रेहुबोभले सीएनएनलाई भने, ‘रुसी सेनाहरूले लगातार झूटा जानकारी फैलाइरहेका छन् कि उनीहरू पोक्रोभस्क र नोभोपाभ्लिव्का दिशाबाट ड्निप्रोपेट्रोभ्स्क प्रवेश गरेका छन्, तर दुवै स्थानमा यो कुरा सत्य होइन।’
यदि यो दाबी पुष्टि भएमा, यो युक्रेनी सेनाका लागि पछिल्लो समयको ठुलो धक्का हुनेछ । विशेष गरी अहिलेको अवस्थामा जब शान्ति वार्ता पनि ठप्प भएको छ।
हालैका हप्ताहरूमा रुसी सेनाले युक्रेनको उत्तर–पूर्वी सुमी क्षेत्रमा र डोनेत्स्कको लायमान नजिक पनि विस्तार गर्दै आएको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण