राष्ट्रिय सभाको बैठक बस्दै
सारांश
- राष्ट्रिय सभाको बैठक आज बस्दैछ, जसमा जलस्रोत विधेयक, २०८१ माथि छलफल हुनेछ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज विधेयक, २०८१ माथि छलफल र पारित गर्ने प्रस्ताव पेश गर्नेछन्।
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । अठारौँ अधिवेशनको १९ औँ बैठक सोमबार अपराह्न १:१५ बजेका लागि बोलाइएको हो ।
महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने रहेको छ ।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भन्सार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले "विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण