अमेरिका र चीनबिच लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदै

समाचार सारांश
- अमेरिका र चीनबीच लन्डनमा नयाँ चरणको व्यापार वार्ता सुरु हुँदैछ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनियाँ प्रतिनिधिहरूसँग भेट्ने घोषणा गरेका छन्।
- चीनले वार्तामा उपप्रधानमन्त्री हे लाइफेङको उपस्थिति रहने पुष्टि गरेको छ, जो बेलायतमा रहनेछन्।
लन्डन । अमेरिका र चीनबिच नयाँ चरणको व्यापार वार्ता हुँदैछ । सोमबार लन्डनमा दुई देशबिच जारी व्यापार युद्ध समाधान गर्न वार्ता सुरु हुन लागेको छ । वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डले चिनियाँ प्रतिनिधिहरूसँग भेट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरेका थिए ।
सप्ताहान्तमा चीनले पनि उक्त वार्तामा उपप्रधानमन्त्री हे लाइफेङ उपस्थित हुने पुष्टि गरेको थियो । हे जुन ८ देखि जुन १३ सम्म बेलायतमै रहने चीनको विदेश मन्त्रालयले शनिबार भनेको थियो । गएको हप्ता ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबिच फोन वार्ता भएपछि यो घोषणा भएको हो ।
उक्त फोन वार्तालाई ट्रम्पले निकै राम्रो भनेका थिए । गएको महिना विश्वका दुई ठुला अर्थतन्त्रले एक अर्काको देशबाट आउने सामानमा आयात कर घटाउन अस्थायी युद्धविराममा सहमति जनाएका थिए । तर केही समय लगत्तै दुवै देशले एक अर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउन थाले ।
शुक्रबार सामाजिक सञ्जाल सोसल टुथमा ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्य मन्त्री होवार्ड लुट्निक र व्यापार प्रतिनिधि ज्यामिएसन ग्रिरले सोमबार चिनियाँ अधिकारीहरूलाई भेट्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता