अमेरिका र चीनबिच लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदै
सारांश
- अमेरिका र चीनबीच लन्डनमा नयाँ चरणको व्यापार वार्ता सुरु हुँदैछ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनियाँ प्रतिनिधिहरूसँग भेट्ने घोषणा गरेका छन्।
- चीनले वार्तामा उपप्रधानमन्त्री हे लाइफेङको उपस्थिति रहने पुष्टि गरेको छ, जो बेलायतमा रहनेछन्।
लन्डन । अमेरिका र चीनबिच नयाँ चरणको व्यापार वार्ता हुँदैछ । सोमबार लन्डनमा दुई देशबिच जारी व्यापार युद्ध समाधान गर्न वार्ता सुरु हुन लागेको छ । वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डले चिनियाँ प्रतिनिधिहरूसँग भेट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरेका थिए ।
सप्ताहान्तमा चीनले पनि उक्त वार्तामा उपप्रधानमन्त्री हे लाइफेङ उपस्थित हुने पुष्टि गरेको थियो । हे जुन ८ देखि जुन १३ सम्म बेलायतमै रहने चीनको विदेश मन्त्रालयले शनिबार भनेको थियो । गएको हप्ता ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबिच फोन वार्ता भएपछि यो घोषणा भएको हो ।
उक्त फोन वार्तालाई ट्रम्पले निकै राम्रो भनेका थिए । गएको महिना विश्वका दुई ठुला अर्थतन्त्रले एक अर्काको देशबाट आउने सामानमा आयात कर घटाउन अस्थायी युद्धविराममा सहमति जनाएका थिए । तर केही समय लगत्तै दुवै देशले एक अर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउन थाले ।
शुक्रबार सामाजिक सञ्जाल सोसल टुथमा ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्य मन्त्री होवार्ड लुट्निक र व्यापार प्रतिनिधि ज्यामिएसन ग्रिरले सोमबार चिनियाँ अधिकारीहरूलाई भेट्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण