कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गरे ।
उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयन ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे ।
उनले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना सङ्क्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताए ।
नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा सांसद पौडेलले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण