सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा

सोमबार, २६ जेठ २०८२, १४ : २७
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • मिस सुप्रानेसनल नेपाल २०२५ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। उनी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिनेछिन्।
  • दीक्षाले सोमबार बिहान त्रिभुवन विमानस्थलबाट पोल्यान्डको लागि उडान भरेकी हुन्।
  • प्रतियोगिता ९ देखि २७ जुन सम्म हुनेछ, जहाँ उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् र देशलाई चिनाउनेछिन्।

काठमाडौँ । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।

उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट पोल्यान्ड उडेकी हुन् । ९ देखि २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको उनले बताइन् । ‘मलाई एकदमै खुसी लागेको छ । विश्वका ७० बढी देशहरूबाट सहभागिताका लागि आउनुहुनेछ । त्यो ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु’ उनले भनिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप