भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सन्ताेष परियार
सोमबार, २६ जेठ २०८२, १८ : ४८
काठमाडौँ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक पटक छलफल भएपनि सत्तापक्ष गम्भीर नभएको बताएका हुन् ।
आफूहरूले उठाएका मागका बारेमा कांग्रेसका नेताहरू असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए ।परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरेपनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरे ।
परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण