सर्वाेच्च अदालत
प्राध्यापक चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा सर्वोच्चले मगायो मिसिल कागज
सोमबार, २६ जेठ २०८२, १७ : ४५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दामा सर्वोच्च अदालतले मिसिल कागज मगाउने आदेश गरेको छ ।
चलाउनेमाथिको आक्रमणमा संलग्न योगेन्द्र रावलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले उक्त घटनाका मुख्य योजनाकार भनिएका रावलसहित हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई २ वर्ष कैद र २८ लाख जरिवानाको सजाय सुनाएको थियो ।
जिल्लाको फैसलाविरुद्ध आक्रमणमा संलग्न आरोपितहरू उच्चमा गएकोमा उच्चले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।
उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि गएको जेठ १३ गते मुख्य योजनाकार भनिएका रावलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण