सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा विपक्षी सांसदहरू मौन बसेका थिए । जसका कारण कार्यक्रम बिना आपत्ति पारित भएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारको चार बुँदे प्रतिबद्धताको आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पारिने जानकारी दिए ।
ती प्रतिबद्धतामा २५ लाखभन्दा कम लागतका योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने, उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगर्ने लगायतका बुँदाहरू समावेश छन्। उक्त प्रतिबद्धता सरकारद्वारा आइतबार सार्वजनिक गरिएको थियो ।
मुख्यमन्त्री शाहले सांसदहरूले निर्वाचन क्षेत्रमा जनतासँग गरेका प्रतिबद्धता अनुरूप योजना समेटिने र तिनमा बजेटको व्यवस्था गरिने स्पष्ट पारे ।यसबाहेक, उनले आगामी वर्ष प्रदेश राजधानीको टुङ्गो लगाउने विषयमा सङ्घीय सरकारसँग समन्वय गरेर आवश्यक जग्गा चयन गरिने बताए ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्ता पक्षका केही सांसदहरूले समेत आलोचना गरेका थिए। आलोचना उठे पनि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण