मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु

मङ्गलबार, ०२ असार २०८३, ०१ : ५४
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका र इरानबीचको सम्झौताले इजरायलको सङ्घर्ष अन्त्य नभएको बताएका छन् ।
  • उनले इरानविरुद्ध संयुक्त अमेरिका–इजरायल युद्ध सुरु गरेर इजरायललाई आणविक विनाशको खतराबाट बचाएको दाबी गरे ।
  • नेतान्याहुले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न इजरायलले आवश्यक कदम चाल्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका र इरानबिच भएको सम्झौताका बाबजुद इजरायलको ‘सङ्घर्ष’ अझै समाप्त नभएको बताएका छन् । इजरायली पत्रकारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै उनले इरानविरुद्ध संयुक्त अमेरिका–इजरायल युद्ध सुरु गरेर आफूले इजरायललाई ‘आणविक विनाश’ को खतराबाट बचाएको दाबी गरे।

नेतान्याहुले भने, “हाम्रो सङ्घर्ष अझै सकिएको छैन।” लेबनानको प्रसङ्गमा बोल्दै उनले हिजबुल्लाहले इजरायललाई धम्की दिने गरेका ‘मध्य क्षेत्रहरू’ मा इजरायलले नियन्त्रण कायम गरेको बताए । “जस्तोसुकै मूल्य चुकाउनु परोस्, हामी सुरक्षा क्षेत्रमा रहिरहनेछौँ,” उनले भने ।

नेतान्याहुले इजरायलमाथि रहेको अस्तित्ववादी आणविक खतरा हटाउने आफ्नो लक्ष्य रहेको र त्यसमा आफू नचुकेको स्पष्ट पारे । उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न इजरायलले आवश्यक पर्ने जुनसुकै कदम चाल्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप