इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'जी' अन्तर्गतको पहिलो खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
- खेलको २० औँ मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले गोल गरे भने ६६ औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल हुन पुगेपछि बेल्जियम बराबरीमा फर्कियो ।
- विश्वकपको इतिहासमा बेल्जियम र इजिप्ट पहिलोपटक आमने-सामने भएका हुन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको सिएटल स्टेडियममा मंगलबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा इजिप्टले लिएको सुरुवाती अग्रतालाई आत्मघाती गोलले बराबरीमा पुर्याएको हो ।
खेलको २० औँ मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा इजिप्टले उक्त अग्रता कायम राखे पनि दोस्रो हाफमा बेल्जियमले खेलमा फर्कन दबाब बढायो ।
खेलको ६६ औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट दुर्भाग्यपूर्ण आत्मघाती गोल हुन पुगेपछि बेल्जियम १–१ को बराबरीमा फर्कियो ।

प्रशिक्षक रुडी गार्सियाको नेतृत्वमा रहेको बेल्जियमले यस बराबरीसँगै आफ्नो अपराजित यात्रालाई १४ खेलसम्म पुर्याएको छ । सन् २०२५ को जनवरीमा डोमेनिको टेडेस्कोको स्थान लिएका गार्सियाले टोलीलाई यूईएफए नेसन्स लिगको रेलिगेसनबाट जोगाउँदै विश्वकप छनोटमा २९ गोलका साथ समूहको शीर्ष स्थानमा पुर्याएका थिए। यस खेलअघि बेल्जियमले ट्युनिसियालाई ५–० ले पराजित गरेको थियो ।
विश्वकपको इतिहासमा बेल्जियम र इजिप्ट पहिलोपटक आमने–सामने भएका हुन् । यसअघि भएका ४ मैत्रीपूर्ण खेलमध्ये इजिप्टले ३ र बेल्जियमले १ खेल जितेको थियो । सन् २०२२ को नोभेम्बरमा भएको पछिल्लो भेटमा इजिप्ट २–१ ले विजयी भए पनि विश्वकपको मञ्चमा भने दुवै टोलीले बराबरीमा चित्त बुझाउनुपरेको छ ।
यस बराबरीसँगै समूह ‘जी’ मा दुवै टोलीले १–१ अंक जोडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण