मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प

मङ्गलबार, ०२ असार २०८३, ०२ : ०३
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको बताएका छन् ।
  • फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटका क्रममा ट्रम्पले सम्झौता सम्पन्न भएको जानकारी दिए ।
  • यो ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह जेनेभामा आयोजना हुने तय भएको छ ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको बताएका छन् । सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटका क्रममा ट्रम्पले उक्त सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन् । 

भेटका क्रममा ट्रम्पले भने, “म यो भन्न पाउँदा निकै खुसी छु कि सम्झौतामा हस्ताक्षर भइसकेको छ, यो पूर्ण रूपमा सम्पन्न भयो ।”

अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारी पत्रमा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेका छन् ।

यो ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह भने यसै हप्ताको अन्त्यमा जेनेभामा आयोजना हुने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप