फिफा विश्वकप क्वालीफायर: बेल्जियमसँग स्तब्ध बन्याे वेल्स
सारांश
- फिफा विश्वकप २०२६ को क्वालीफायरमा बेल्जियमले वेल्सलाई ३:४ गोलले पराजित गर्यो।
- खेलमा ३-० ले पछि परेको वेल्सले पुनरागमनको प्रयास गरे पनि हार टार्न सकेन।
- बेल्जियमका लागि केभिन डे ब्रुइनले निर्णायक गोल गरे भने वेल्सका लागि ह्यारी विल्सन, सोर्बा थोमस र ब्रेनन जॉनसनले गोल गरे।
काठमाडौँ। फिफा विश्वकप २०२६ को क्वालीफायर बेल्जियमसँग वेल्स ३ः४ गोलको अन्तरले पराजित भएको छ।
मंगलबार किङ बाउडोइन रङ्गशालामा सम्पन्न रोमाञ्चक खेलमा ३ शून्यले पछि परेको वेल्सले खेलमा फर्कने प्रयासका बाबजुद हार व्यहोरेको हो ।
पहिलो हाफको खेलसम्म ३ः१ ले पछि परेको वेल्सले खेलको दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा पुर्याएको थियो । खेलको अन्तिम समयमा बेल्जियम कालागि केभिन डे ब्रुइन निर्णायक गोल गर्दा वेल्स ४ः३ को अन्तरले स्तब्ध बन्न पुग्यो।
बेल्जियमका लागि रोमेलु लुकाकुले खेलको १५ औँ मिनेटमा पेनाल्टीमा मार्फत पहिलो गोल गरे भने १९ औँ मिनेटमा युरी टिलेम्यान्स र जेरेमी डोकुले २७ औँ मिनेटमा गोल गरे ।
वेल्सका लागि ह्यारी विल्सन, सोर्बा थोमस र ब्रेनन जॉनसनले एकएक गोल गरेका थिए ।
जितसँगै समूह ‘जे’ मा रहेको बेल्जियम २ खेलबाट ४ अङ्क सहितमा पुगेको छ भने वेल्स ४ खेलबाट ७ अङ्क सहित दोस्रो स्थानमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण