विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
मङ्गलबार, २७ जेठ २०८२, ११ : ५६
सारांश
- वैशाख मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुग्यो।
- चैत महिनाको तुलनामा वैशाखमा रेमिट्यान्स आप्रवाहमा सुधार हुँदा विदेशी विनिमय सञ्चिति बढ्यो।
- वैशाखमा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो, जसले १७.४ महिनाको वस्तु र सेवा आयात धान्न सक्छ।
काठमाडौँ । नेपालको विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।
रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको हो । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । योसँगै यो अवधिमा कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
यो विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण