विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
मङ्गलबार, २७ जेठ २०८२, ११ : ५६

समाचार सारांश
- वैशाख मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुग्यो।
- चैत महिनाको तुलनामा वैशाखमा रेमिट्यान्स आप्रवाहमा सुधार हुँदा विदेशी विनिमय सञ्चिति बढ्यो।
- वैशाखमा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो, जसले १७.४ महिनाको वस्तु र सेवा आयात धान्न सक्छ।
काठमाडौँ । नेपालको विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।
रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको हो । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । योसँगै यो अवधिमा कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
यो विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?
-
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
-
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर