अछाममा बालविवाह गरेका किशोर–किशोरी प्रहरीको नियन्त्रणमा
सारांश
- अछाममा बालविवाह गरेको आरोपमा किशोरकिशोरी पक्राउ परेका छन्।
- मंगलसेनका एक किशोरले किशोरीलाई भगाई मन्दिरमा सिन्दूर हालेर विवाह गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
- प्रहरीले बालविवाहमा संलग्न किशोरकिशोरीलाई मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरेको छ।
धनगढी । अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान करिब १० बजे मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए। विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो।
प्रहरीले बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ।
उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बालविवाह कानुन विपरीतको कार्य भएकोले यस प्रकारका घटनामा शून्य सहनशीलताको नीति अपनाएको बताए ।
नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्नु वा गराउनु दण्डनीय अपराध हो। यस्ता घटना दोहोरिन नदिनका लागि स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको भएपनि बालविवाह हुने क्रम रोकिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण