छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभए विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने

समाचार सारांश
- विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध जारी राख्ने अडान लिएका छन्।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनलाई सहयोग गर्न २०६४ सालदेखिका गतिविधिबारे छानबिनको प्रस्ताव गरेका थिए।
- सत्तापक्षले जवाफ नदिएकाले माओवादी केन्द्रले बैठक चल्न नदिने र समस्या समाधानका लागि छलफल भइरहेको जनाएको छ।
काठमाडौँ । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् ।
सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहयोग गर्ने गरी २०६४ सालदेखि अहिलेसम्म भएका गतिविधिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
तर सत्तापक्षले बुधबारसम्म कुनै जवाफ नदिएकाले आजको बैठक पनि चल्न नदिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । यद्यपि समस्याको समाधानका लागि विपक्षी दलहरूबिच छलफल भइरहेको उनले जानकारी दिए ।
‘यथास्थितिमा संसद् चल्न सक्दैन । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव सत्तापक्षसँग राखेका छौँ । त्यसको जवाफ आएको छैन । समस्या समाधानका लागि आपसमा छलफल भइरहेको छ’, पाण्डेले भने ।
यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेकाले राजीनामा दिनुपर्ने अडानबाट पछि हटेका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को अवरोध हटाउनका लागि सत्तापक्षसँग ५ बुँदे प्रस्ताव पठाएको थियो । कांग्रेससँगको छलफलपछि रास्वपाले संसद्को अवरोध हटाउन ड्राफ्ट पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स
-
ओलीप्रति व्यङ्ग्य गरेपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो
-
मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग