छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभए विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने
सारांश
- विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध जारी राख्ने अडान लिएका छन्।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनलाई सहयोग गर्न २०६४ सालदेखिका गतिविधिबारे छानबिनको प्रस्ताव गरेका थिए।
- सत्तापक्षले जवाफ नदिएकाले माओवादी केन्द्रले बैठक चल्न नदिने र समस्या समाधानका लागि छलफल भइरहेको जनाएको छ।
काठमाडौँ । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् ।
सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहयोग गर्ने गरी २०६४ सालदेखि अहिलेसम्म भएका गतिविधिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
तर सत्तापक्षले बुधबारसम्म कुनै जवाफ नदिएकाले आजको बैठक पनि चल्न नदिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । यद्यपि समस्याको समाधानका लागि विपक्षी दलहरूबिच छलफल भइरहेको उनले जानकारी दिए ।
‘यथास्थितिमा संसद् चल्न सक्दैन । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव सत्तापक्षसँग राखेका छौँ । त्यसको जवाफ आएको छैन । समस्या समाधानका लागि आपसमा छलफल भइरहेको छ’, पाण्डेले भने ।
यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेकाले राजीनामा दिनुपर्ने अडानबाट पछि हटेका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को अवरोध हटाउनका लागि सत्तापक्षसँग ५ बुँदे प्रस्ताव पठाएको थियो । कांग्रेससँगको छलफलपछि रास्वपाले संसद्को अवरोध हटाउन ड्राफ्ट पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण