विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख
सारांश
- सभामुख देवराज घिमिरेले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि तल्लो तहसम्म सचेतना फैलाउनुपर्ने बताए।
- उनले जलवायु परिवर्तनको असरबारे चिन्ता व्यक्त गर्दै विपद् न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।
- हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरी बलको गोताखोर इकाइलाई पानी खोज तथा उद्धार उपकरण हस्तान्तरण गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।
हिकारु गौतम फाउन्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठुलो धनजनको क्षति हुने गरेको भन्दै विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनीकरण गर्न सकिने बताएका हुन् । उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गरे ।
सभामुख घिमिरेले विपद् न्यूनीकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबिच सहकार्य आवश्यक रहेको जिकिर गरे । सिमलतालमा डुबेका बसहरू र गृहमन्त्री भइसक्नुभएका माधव घिमिरेसहितको जिप डुबेको घटना अझै पत्ता लाग्न नसक्ने खालका अप्ठेरो प्राकृतिक बिपद भोग्नुपरेको उनले बताए । कार्यक्रममा हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरी बलको गोताखोर इकाइलाई पानी खोज तथा उद्धार उपकरणहरू हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण