आशिष र एलिनाको स्वर रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक
बुधबार, २८ जेठ २०८२, १४ : ५७

समाचार सारांश
- साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको गीत 'पुतली' सार्वजनिक भयो।
- गीतमा आशिष् अविरल र एलिना चौहानको स्वर तथा राजेन्द्र बजगाईंको संगीत छ।
- प्रदीप लामा र जुना सुन्दासको अभिनय रहेको भिडियोको निर्देशन सुनिल विकले गरेका हुन्।
काठमाडौँ । साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईंको सङ्गीत र पछिल्लो पुस्ताका चर्चित गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक गरिएको छ ।
बलिउडका चर्चित सङ्गीत संयोजक निषाद चन्द्राको एरेन्ज रहेको गीतको भिडियोमा मोडलद्धय प्रदीप लामा र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।
सुनिल विकको निर्देशन रहेको भिडियोमा अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर र सुमित राजवंशीको समेत अभिनय देख्न सकिन्छ । शियोन श्रेष्ठको कोरियोग्राफी, अनिल के.मानन्धरको छायाङ्कन रहेको भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित