रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
सारांश
- काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३९ जनामध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।
- ३२ जनालाई रिहा गर्न आदेश दिइएको छ, तर राप्रपा नेता रविन्द्र मिश्र र धवल शमशेरको विषयमा कुनै आदेश आएको छैन किनभने उनीहरू अदालतमा उपस्थित थिएनन्।
- अदालतमा अनुपस्थित रहेकाले मिश्र र शमशेरका कानुन व्यवसायी र स्वकीय सचिवलाई जनही २५ हजार जरिवाना तिराउने निर्णय गरिएको छ।
काठमाडौँ। तीनकुने घटनामा संलग्न आरोपमा प्रहरीको थुनामा रहेका ३९ जना जनाको थुनछेक बहस पछि आदेश आएको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने र ३२ जनालाई रिहा गर्ने आदेश दिएका हुन् ।
तर सोही घटनाका आरोपी राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवल शमशेरका विषयमा भने आदेशमा केही पनि उल्लेख गरिएको छैन ।
चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका उनीहरू अदालतमा उपस्थित नरहेका कारण उनीहरूको विषयमा केही आदेश नभएको बुझिएको छ।
आरोपीहरूको पक्षबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले आदेशपछि पत्रकारहरूसँगको कुराकानीमा उनीहरू अदालतमा अनुपस्थित रहेकाले केही आदेश नभएको बताए ।
यसअघि नै उनीहरू सम्पर्कविहीन भएको भन्दै जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवलाई जरिवाना तिराउने निर्णय गरिएको थियो ।
काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नभएको बतउँदै जिल्ला प्रहरी परिसर काठमाडौँले जिम्मा जमानीमा लाने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई लाई जनही २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण