शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?

शुक्रबार, ३० जेठ २०८२, ०४ : ५३
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३९ जनामध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।
  • ३२ जनालाई रिहा गर्न आदेश दिइएको छ, तर राप्रपा नेता रविन्द्र मिश्र र धवल शमशेरको विषयमा कुनै आदेश आएको छैन किनभने उनीहरू अदालतमा उपस्थित थिएनन्।
  • अदालतमा अनुपस्थित रहेकाले मिश्र र शमशेरका कानुन व्यवसायी र स्वकीय सचिवलाई जनही २५ हजार जरिवाना तिराउने निर्णय गरिएको छ।

काठमाडौँ। तीनकुने घटनामा संलग्न आरोपमा प्रहरीको थुनामा रहेका ३९ जना जनाको थुनछेक बहस पछि आदेश आएको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने र ३२ जनालाई रिहा गर्ने आदेश दिएका हुन् । 

तर सोही घटनाका आरोपी राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवल शमशेरका विषयमा भने आदेशमा केही पनि उल्लेख गरिएको छैन । 

चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका उनीहरू अदालतमा उपस्थित नरहेका कारण उनीहरूको विषयमा केही आदेश नभएको बुझिएको छ। 

आरोपीहरूको पक्षबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले आदेशपछि पत्रकारहरूसँगको कुराकानीमा उनीहरू अदालतमा अनुपस्थित रहेकाले केही आदेश नभएको बताए ।

यसअघि नै उनीहरू सम्पर्कविहीन भएको भन्दै जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवलाई जरिवाना तिराउने निर्णय गरिएको थियो । 

काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नभएको बतउँदै जिल्ला प्रहरी परिसर काठमाडौँले जिम्मा जमानीमा लाने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई लाई जनही २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप