यस्तो छ अनेरास्ववियु निर्वाचनको अन्तिम मत परिणाम, को को भए विजयी ?
सारांश
- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भयो।
- अध्यक्षमा सुजन कडरिया ७ मतान्तरले विजयी, उनले ७३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत ल्याए।
- खुला उपाध्यक्षमा विकास श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, महासचिवमा दिपक धामी निर्वाचित भए।
काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।
बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको अन्तिम मत परिणाम बिहीबार राति नै प्रकाशन गरिएको थियो । निर्वाचनबाट अध्यक्षमा सुजन कडरिया ७ मतान्तरले निर्वाचित भएका छन् । उनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत प्राप्त गरे । खुला उपाध्यक्ष तर्फ विकास श्रेष्ठ र महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ७ सय ८ र ७ सय ७५ मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा दिपक धामी ७ सय ८५ मत प्राप्त गर्दा उप महासचिवमा कमल ८ सय १६ मत प्राप्त गरे ।
त्यसैगरी, चार जना सचिव तर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ३ सय ६०, ३ सय ४, २ सय ७३ र २ सय ६८ मत पाएका थिए ।
त्यस्तै केन्द्रीय आयोग तर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन् ।
लेखा अयोग अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए ।
त्यस्तै, अयोग तर्फै नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् ।
जेष्ठ २५ गतेदेखि काठमाडौँ कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयमा जारी जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण