म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
सारांश
- डन्डीमा भएको खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई ४ विकेटले पराजित गर्दै कीर्तिमानी लक्ष्य सफलतापूर्वक पार गर्यो।
- स्कटल्याण्डले जर्ज मुन्सेको १९१ रनको मद्दतमा ३६९ रन बनाएको थियो, जुन एसोसिएट खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोर हो।
- नेदरल्याण्ड्सका म्याक्स ओ डाउडको १५८ रनको अविजित पारी र अन्य खेलाडीको योगदानले ३७० रनको लक्ष्य पूरा भयो।
काठमाडौँ । डन्डीमा भएको विश्वकप लिग २ को खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई ४ विकेटले हराउँदै एक दिवसीय क्रिकेट इतिहासमा तेस्रो सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ।
लिग २ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा बिहीबार स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै जर्ज मुन्सेको १९१ रनको विस्फोटक पारीको मद्दतले ५० ओभरमा ६ विकेटको क्षतिमा ३६९ रन बनाएको थियो। मुन्सेको यो स्कोर कुनै पनि एसोसिएट खेलाडीद्वारा बनाइएको एक दिवसीय क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोर हो।
तर नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले १५८ रनको अविजित पारी खेल्दै इतिहास रचे। उनको यस पारीले नेदरल्याण्ड्सलाई ३७० रनको कठिन लक्ष्य ४ बल बाँकी छँदै पुरा गर्न सहयोग गर्यो।
डाउडको साथमा निदामानरुले ५१ र नोआह क्रोसले ५० रनको योगदान दिए। अन्त्यमा डाउडले छक्का प्रहार गर्दै नेदरल्याण्ड्सलाई ऐतिहासिक जित दिलाए।
यो जित एक दिवसीय क्रिकेटमा लक्ष्य पछ्याउँदै प्राप्त गरिएको तेस्रो सबैभन्दा ठुलो जित हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण