संसद् बैठक
प्रतिनिधिसभामा विपक्षीको नारा– मानव तस्करलाई कारबाही गर
बुधबार, २८ जेठ २०८२, १५ : ५२

समाचार सारांश
- प्रतिनिधिसभामा विपक्षी सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नारा लगाए।
- मानव तस्करलाई कारबाहीको माग गर्दै विपक्षी सांसदहरूले जेठ १३ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन्।
- सभामुखले माइक नदिँदा पनि सांसदहरूले मानव तस्करलाई कारबाही र गृहमन्त्रीको राजीनामाको माग गरिरहेका छन्।
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले नारा लगाएका छन् । आजकाे बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले 'मानव तस्करलाई कारबाही गर' भन्ने नारा लगाएका हुन् । यस्तै उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट विपक्षी दलहरुले अवरोध गर्दै आएका छन् ।
विपक्षी दलहरुकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक भाेलि (बिहीबार) दिउँसाे तीन बजेसम्मका लागि स्थगित गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए
-
१२ बजे, १२ समाचार: भिजिट भिसा प्रकरणमा माओवादीको ‘यूटर्न’, रास्वपाको अडान कायमै
-
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
-
मार्बुको कालिका माविमा इको क्लब गठन
-
‘पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ’
-
इनफिनिक्स नेपालद्वारा दुई चर्चित गेमिङ टिमसँग सहकार्य