संसद् बैठक
प्रतिनिधिसभामा विपक्षीको नारा– मानव तस्करलाई कारबाही गर
बुधबार, २८ जेठ २०८२, १५ : ५२
सारांश
- प्रतिनिधिसभामा विपक्षी सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नारा लगाए।
- मानव तस्करलाई कारबाहीको माग गर्दै विपक्षी सांसदहरूले जेठ १३ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन्।
- सभामुखले माइक नदिँदा पनि सांसदहरूले मानव तस्करलाई कारबाही र गृहमन्त्रीको राजीनामाको माग गरिरहेका छन्।
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले नारा लगाएका छन् । आजकाे बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले 'मानव तस्करलाई कारबाही गर' भन्ने नारा लगाएका हुन् । यस्तै उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट विपक्षी दलहरुले अवरोध गर्दै आएका छन् ।
विपक्षी दलहरुकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक भाेलि (बिहीबार) दिउँसाे तीन बजेसम्मका लागि स्थगित गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण