होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम
काठमाडौँ । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेष्ठ २७ देखि क्याम्प सुरु भएको हो । क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने छ । उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ।
क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ। साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नुहुनेछ, जसअन्तर्गत लेबर चार्जमा १०%, पाट्र्समा ७%, ल्युब्रिकेन्टमा ५%, ए.सि. रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिनेछ। यसैगरी HDS Scan सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ।
कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण