अपडेट
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना
बुधबार, २८ जेठ २०८२, १६ : ३१
सारांश
- पोखरामा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटना हुँदा दुई वटा प्याराग्लाइडिङ फेवा तालमा खसे।
- दुर्घटनामा परेका चार जनालाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गर्यो।
- उद्धार गरिएकाहरूमा भारतीय नागरिक र नेपाली प्याराग्लाइडिङ पाइलटहरू थिए।
पोखरा । ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको हो
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण